अण्डाको मूल्य फेरि बढ्यो, उत्पादन लागत र बढ्दो मागले बजार ततायो
काठमाण्डौं । अण्डाको मूल्यमा पुनः वृद्धि भएपछि कुखुरापालक किसानले राहत महसुस गरेका छन् भने उपभोक्ताले दैनिक उपभोग्य वस्तुको खर्च थप बढ्ने चिन्ता व्यक्त गरेका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले शुक्रबारदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन मूल्य निर्धारण गरेसँगै बजारमा मूल्य उकालो लागेको हो।

