के एप्पल जस्तै हुनेछ गुगलको नयाँ एन्ड्रोइड ? ट्रान्प्यारेन्ट अवतारमा देखियो एन्ड्रोइडबट
काठमाण्डौ । यदि तपाईं पनि अर्को एन्ड्रोइड संस्करणको प्रतीक्षामा हुनुहुन्छ भने, तपाईंका लागि राम्रो खबर छ। गुगलले आफ्नो द एन्ड्रोइड शोःआई/ओ एडिसनको मिति घोषणा गरेको छ। यो भर्चुअल इभेन्ट मे १९ मा आयोजना हुनेछ। गुगलले इभेन्टअघि यो एन्ड्रोइडको इतिहासकै सबैभन्दा ठूलो वर्षमध्ये एक हुन सक्ने संकेत दिएको छ। आगामी संस्करण एन्ड्रोइड १७ मा धेरै ठूला परिवर्तनहरू देख्न पाइनेछ।

