अन्नपूर्ण चिनी मिलका सञ्चालकसहित दुई जना पक्राउ, उखु किसानको २२ करोड बक्यौता नदिएको आरोप
काठमाण्डौ । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र उनका सहयोगी विनोद साह कलवार उखु किसानको करिब २२ करोड रुपैयाँ बक्यौता भुक्तानी नगरेको आरोपमा पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय सर्लाहीले किसानहरूबाट प्राप्त उजुरीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

