दार्चुलामा पहिरोले चमेलिया नदी आधा थुनियो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता
काठमाण्डौ । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टार क्षेत्रमा गएको पहिरोका कारण चमेलिया नदी आंशिक रूपमा थुनिएको छ।जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार शुक्रबार गएको पहिरोले नदीको बहावमा अवरोध सिर्जना गरेको हो। पहिरो खस्ने क्रम अझै नरोकिएकाले नदी थप थुनिन सक्ने जोखिम कायम रहेको छ।प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार हाल नदी आधा थुनिएको अवस्थामा छ।...

