जलवायु वित्तमा पहुँच बढाउन अर्थ र कृषि मन्त्रालयबीच सहकार्य
काठमाण्डौ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच जलवायु वित्त परिचालन तथा आगामी कोप–३१ को तयारीका विषयमा छलफल भएको छ।भेटवार्तामा हरित जलवायु कोष, अनुकूलन कोष, कार्बन वित्त तथा जलवायु परिवर्तनबाट सिर्जित हानि तथा नोक्सानीसम्बन्धी कार्यक्रमका लागि अन्तर्राष्ट्रिय स्रोत परिचालन गर्ने विषयमा छलफल भएको हो।

