बाढी प्रभावितका लागि आर्या फार्माको अर्को पहल, नुवाकोटका तीन स्थानमा सातदिने निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं। बाढी प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग गर्दै आएको आर्या फार्मा ल्याब प्रालिले अब प्रभावित बस्तीमै पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।कम्पनीले चितवन मेडिकल कलेजसँगको सहकार्यमा नुवाकोटको विदुर नगरपालिकाका बाढी प्रभावित नागरिकलाई लक्षित गरी सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो।

