गुडलाइफ बिस्कुटमा रौं फेला, उत्पादक कम्पनीलाई २ लाख जरीवाना
काठमाण्डौ । कोशी प्रदेशमा सञ्चालित एक बिस्कुट उद्योगबाट उत्पादित ‘गुडलाइफ’ ब्राण्डको डाइजेस्टिभ बिस्कुटमा गम्भीर गुणस्तर समस्या भेटिएको छ। उत्पादनमा रौं फेला परेपछि सम्बन्धित कम्पनीलाई कारबाही गरिएको छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिलाई २ लाख रुपैयाँ जरीवाना गर्ने निर्णय गरेको हो। विभागले उक्त रकम ७ दिनभित्र बुझाउन...

