श्रम स्वीकृतिबिनै यात्रु उडाएको प्रकरण: अध्यागमन अधिकृत तानिए, अख्तियारमा अनुसन्धानका लागि पत्राचार
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रम स्वीकृति नै नभएका एक यात्रुलाई वैदेशिक रोजगारीका लागि विदेश उड्न अनुमति दिएको घटनामा विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत चेतबहादुर सेजुवाललाई विभागमा तानिएको छ।असोज ५ गते कुवेत जान लागेका एक यात्रुलाई आवश्यक श्रम स्वीकृतिबिनै प्रस्थान अनुमति दिएको पाइएपछि अध्यागमन विभागले सेजुवाललाई विमानस्थलबाट...

