रसुवा बाढीको वितण्डा: चाडपर्वका लागि आयात भएका ७०० भन्दा बढी गाडी बगाएपछि अटो क्षेत्रमा ठूलो क्षति
काठमाण्डौ। चीनतर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले अटोमोबाइल क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। दसैं–तिहारलाई लक्षित गरी आयात गरिएका ७०० भन्दा बढी सवारीसाधन बाढीले बगाएको व्यवसायीहरूले बताएका छन्।रसुवा भन्सार क्षेत्र तथा आसपासका पार्किङ क्षेत्रमा राखिएका विभिन्न कम्पनीका सवारीसाधन बाढीको चपेटामा परेका हुन्। प्रारम्भिक विवरणअनुसार साइमेक्स इंकले...

