काठमाडौंसम्म रेल ल्याउन २.५७ खर्ब ! ७२ किमिमध्ये ९८% सुरुङ र उच्च पुल
काठमाण्डौ । बहुचर्चित केरुङ–काठमाडौं अन्तर्देशीय रेलमार्ग निर्माणका लागि प्रारम्भिक रूपमा २ खर्ब ५७ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। परियोजनाको सम्भाव्यता अध्ययन पूरा भएपछि अब नेपाल र चीनबीच यसको निर्माण, लगानी र प्राविधिक मोडालिटीबारे निर्णायक छलफलको तयारी भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव पद्मकुमार मैनाली नेतृत्वको नेपाली टोली यही...

