बालविवाह रोक्न विवाहको उमेर २० वर्ष नै कायम राख्न सिजपको माग, बालअधिकार सुनिश्चित गर्न सरकारसमक्ष ३९ बुँदे ध्यानाकर्षण
काठमाण्डौ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालविवाह अन्त्यका लागि विवाहको कानुनी उमेर २० वर्ष नै कायम राख्न माग गरेको छ। विश्व बाल दिवस तथा बालविवाह, कम उमेरमा हुने विवाह र जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिजपले बालअधिकार संरक्षण र सुरक्षित भविष्य सुनिश्चित गर्न सरकारसमक्ष ३९ बुँदे माग अघि सारेको हो।मंसिर ३ गते जारी...

