कोरला नाका जोड्ने बेनी–जोमसोम सडक अझै एक साता बन्द रहने
काठमाण्डौ । चीनसँगको कोरला नाका जोड्ने बेनी–जोमसोम सडकखण्ड अझै करिब एक साता सञ्चालनमा नआउने भएको छ।सडक विभागका अनुसार मालढुंगा–बेनी–जोमसोम–कोरला सडकअन्तर्गत घासा–कोरला खण्डमा भने दुईतर्फी यातायात सञ्चालनमा आएको छ। तातोपानी क्षेत्रमा सडक कटानको ब्याक कटिङ तथा टेवा पर्खाल निर्माणपछि यातायात सञ्चालन गरिएको विभागले जनाएको छ। पोखरेबगर पुलको एप्रोच निर्माणको काम भने...

