बलेफी हाइड्रोपावरले बीपीएल इन्भेष्टमेन्टमा २ करोड लगानी गर्ने, पहिलो चरणमा १ करोड भुक्तानी
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले बीपीएल इन्भेष्टमेन्ट लिमिटेडमा २ करोड रुपैयाँ शेयर पूँजी लगानी गर्ने भएको छ।कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार लगानीसम्बन्धी उद्देश्य पूरा गर्न ‘बीपीएल इन्भेष्टमेन्ट लिमिटेड’ नामक सार्वजनिक कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएको छ।बीपीएल इन्भेष्टमेन्टको अधिकृत पूँजी ५० करोड...

