बाजुरामा प्राकृतिक विपद्: १६ भेडाबाख्रा मरे, दर्जनौँ बेपत्ता
बाजुरा, बाजुरामा मंगलबार साँझ आएको असिनापानी, हुरीबतास, चट्याङ र पहिरोले जनजीवन र जीविकोपार्जनमा ठूलो असर पारेको छ। विशेषगरी पशुपालन र कृषिमा निर्भर स्थानीयहरूलाई यो प्राकृतिक विपद्ले गहिरो क्षति पुर्याएको देखिएको छ।

