अख्तियार छानबिनपछि एमालेद्वारा भीआईपी उपचार खर्च फिर्ता, करिब ३.८६ करोड राज्यकोषमा जम्मा
काठमाण्डौं । भीआईपी उपचार खर्चसम्बन्धी विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि नेकपा (एमाले) ले पूर्व विशिष्ट पदाधिकारीहरूको नाममा राज्यकोषबाट भुक्तानी भएको उपचार खर्च बराबरको रकम फिर्ता गरेको छ ।नेपाल राष्ट्र बैंक स्रोतका अनुसार १ जेठ २०८३ मा पार्टीले पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र झलनाथ खनालको उपचारका लागि...

