भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग
काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन हुनुपर्ने अडान राख्दै शव बुझ्न अस्वीकार गरेका छन्। आफन्तले शव नबुझेपछि १३ जनाको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ।दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये एक जनाको परिवारले मात्र शव बुझिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी माधवप्रसाद...

