भेनेजुएलामा शक्तिशाली भूकम्पको दोहोरो झट्का, राजधानी काराकासमा क्षति
काठमाण्डौ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएला बुधबार राति दुई शक्तिशाली भूकम्पको चपेटामा परेको छ। लगातार गएका भूकम्पका कारण राजधानी काराकाससहित विभिन्न क्षेत्रमा त्रास फैलिएको छ भने केही भवन तथा संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

