भेप तस्करी प्रकरणले कोरला नाकाको सुरक्षा व्यवस्थामाथि प्रश्न
काठमाण्डौं । नेपाल–चीन सीमास्थित लिजी–नेचुङ (कोरला) नाकाबाट अवैध रूपमा भित्र्याउन खोजिएको ठूलो परिमाणको विद्युतीय चुरोट (भेप) प्रकरणले मुस्ताङको सुरक्षा संयन्त्र, भन्सार प्रणाली तथा सीमापार तस्करी सञ्जालमाथि गम्भीर प्रश्न उठाएको छ। गत जेठ १ गते शुक्रबार राति करिब ११ बजेको समयमा नक्कली प्रज्ञापनपत्र प्रयोग गरी नेपालतर्फ ल्याइँदै गरेको दुई कन्टेनरलाई मुस्ताङ भन्सार...

