बिर्तामोडको सुकुम्बासी बस्तीमा तीनतले घर जमिनमा भासियो, वर्षाका कारण जोखिम बढ्यो
काठमाण्डौ । निरन्तरको भारी वर्षाका कारण झापाको बिर्तामोड नगरपालिका–५ स्थित नयाँ बसपार्क क्षेत्रको सुकुम्बासी बस्तीमा एउटा तीनतले घर जमिनमा भासिएको छ। घर अचानक भासिएपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।

