हिउँदको बिजुली संकट टार्न भारतको साथ, नेपालले दैनिक १८ घण्टा ६५४ मेगावाटसम्म आयात गर्न पाउने
काठमाण्डौ । आगामी हिउँदमा हुन सक्ने विद्युत् अभाव व्यवस्थापनका लागि नेपालले भारतबाट दैनिक १८ घण्टा ६५४ मेगावाटसम्म विद्युत् आयात गर्न पाउने भएको छ।भारतको विद्युत् मन्त्रालयले आगामी डिसेम्बर ३१ सम्मका लागि नेपाललाई यस्तो विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो।भारतीय प्रेस सूचना ब्युरो (पीआईबी)का अनुसार मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म मुजफ्फरपुर–ढल्केबर ४०० केभी...

