मध्यपुर थिमि नगरपालिकामा अख्तियारको छापा, घुस रकमसहित केही कर्मचारी रंगेहात पक्राउ
काठमाण्डौ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।घुस लेनदेन भइरहेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले नगरपालिकाका केही कर्मचारीलाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो।अख्तियारका सहायक प्रवक्ता पर्वत गिरीले केही कर्मचारी पक्राउ परेको पुष्टि गरेका छन्। तर पक्राउ परेकाहरूको नाम र बरामद रकमबारे तत्काल विस्तृत...

