राजनीतिक विश्लेषक दाहालको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा
काठमाण्डौ । राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहालको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमाथि मंगलबार सुनुवाइ हुने भएको छ।उक्त रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।दाहाललाई प्रहरीले आइतबार मोरङको बेलबारीबाट पक्राउ गरेको थियो। आफ्नो युट्युब च्यानलमार्फत भूराजनीतिक विषय तथा उच्च राजनीतिक...

