कोका–कोलाको ‘लोकली योर्स’ अभियान सुरु, स्थानीय व्यवसायी र समुदायको सम्मान
काठमाडौं । Coca-Cola ले नेपालका स्थानीय समुदाय तथा पुस्तौंदेखि समुदायको केन्द्रमा रहँदै आएका व्यवसायहरूको सम्मान गर्ने उद्देश्यसहित ‘लोकली योर्स’ (Locally Yours) अभियान सुरु गरेको छ।कम्पनीका अनुसार अभियानले बिहान सबेरै पसल खोल्ने, ग्राहकलाई नामले चिन्ने, उनीहरूको रोजाइ सम्झने र समुदायको दैनिक जीवनसँग गहिरो सम्बन्ध बनाएका स्थानीय व्यवसायीहरूको योगदानलाई उजागर गर्ने लक्ष्य राखेको छ।

