बर्ड फ्लु संक्रमण कम भएपछि इलाममा जैविक सुरक्षा सतर्कतासहित प्रतिबन्ध हट्यो
काठमाण्डौं । इलाममा केही साताअघि देखिएको बर्ड फ्लु संक्रमण नियन्त्रणमा आएको निष्कर्षपछि कुखुरा तथा कुखुराजन्य पदार्थको ओसारपसारमा लगाइएको प्रतिबन्ध हटाइएको छ। संक्रमण फैलिन सक्ने जोखिम न्यून बन्दै गएको मूल्यांकनपछि जिल्ला बर्ड फ्लु नियन्त्रण समितिले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।

