तीनवटा आ.ब.को बजेटमा पूँजीबजार: सबैको उस्तै ‘कर्मकाण्डी घोषणा’, कुन अर्थमन्त्री कति उदार ?
काठमाण्डौ । प्रत्येक आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दा पछिल्लो समय अर्थमन्त्रीहरुले धितोपत्र बजारको विकास, विस्तार, संरचनागत सुधार लगायतका विषयमा कर्मकाण्डी कुरा गर्ने गरेका छन् । विगत तीनवटा आर्थिक वर्षको बजेटमा समेटिएको धितोपत्र बजारसँग सम्बन्धित विषयलाई सरसर्ती अध्ययन गर्दा प्रत्येक पटक अर्थमन्त्रीहरुले कर्मकाण्डी घोषणा गर्ने गरेका भेटिएको हो ।