शुक्रबार, आश्विन ३०,२०८३ 06:21:34
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 06:21:34
Bizshala
Global IME Bank Limited

तीनवटा आ.ब.को बजेटमा पूँजीबजार: सबैको उस्तै ‘कर्मकाण्डी घोषणा’, कुन अर्थमन्त्री कति उदार ?

Bizshala
तीनवटा आ.ब.को बजेटमा पूँजीबजार: सबैको उस्तै ‘कर्मकाण्डी घोषणा’, कुन अर्थमन्त्री कति उदार ?
New Office

काठमाण्डौ । प्रत्येक आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दा पछिल्लो समय अर्थमन्त्रीहरुले धितोपत्र बजारको विकास, विस्तार, संरचनागत सुधार लगायतका विषयमा कर्मकाण्डी कुरा गर्ने गरेका छन् ।  

विगत तीनवटा आर्थिक वर्षको बजेटमा समेटिएको धितोपत्र बजारसँग सम्बन्धित विषयलाई सरसर्ती अध्ययन गर्दा प्रत्येक पटक अर्थमन्त्रीहरुले कर्मकाण्डी घोषणा गर्ने गरेका भेटिएको हो । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ को बजेटमा पूँजीबजारले कुन हदसम्मको प्राथमिकता पाएको रहेछ भनेर हामीले तुलनात्मक अध्ययन गर्दा लगभग उस्तै उस्तै विषय समेटिने गरेको देखिएको छ ।  

सरकारले पूँजीबजारको विषयमा गर्ने कर्मकाण्डी कुरालाई बुझ्न यी तीनवटा आर्थिक वर्षमा गरिएको घोषणालाई सरसर्ती हेरौं ।  

आर्थिक वर्ष २०७९/८० का लागि बजेट भाषण तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । माथि उल्लेख गरिएका तीनवटा आर्थिक वर्षका बजेटमध्ये पूँजीबजारसँग सम्बन्धित विषयमा सबैभन्दा धेरै घोषणा शर्माकै बजेटमा भएको देखिन्छ । 

त्यसबेला पूँजीबजारको विकास र विस्तारका लागि बजेटमा गरिएको पहिलो घोषणा थियो–‘धितोपत्रको दोश्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाइनेछ । पूँजीबजारको विस्तार र विविधिकरण गरी सम्भावित जोखिम न्यूनिकरण गरी आम लगानीकर्ताको हकहित संरक्षण गरिनेछ।’  

धितोपत्र बजारको विषयमा त्यो वर्ष भएका अन्य घोषणा यस्ता थिएः

आर्थिक वर्ष २०८०-८१ को बजेट डा. प्रकाशशरण महतले प्रस्तुत गरेका थिए । उनको बजेटमा समेटिएको पहिलो घोषणा थियो–‘पूँजीबजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाई लगानीकर्ताको हीत सुनिश्चित गरिनेछ । पूँजीबजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहित गरिनेछ । गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा सूचीकृत भएका जलविद्युत र अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्न खुला गर्ने व्यवस्था मिलाइनेछ । धितोपत्र औजारहरुको विस्तार र विविधिकरण गरिनेछ।’

उनको बजेटमा समेटिएका पूँजीबजारसँग सम्बन्धित बुँदा यस्ता थिए:

आज(मंगलबार) वर्षमान पुनले आर्थिक वर्ष २०८१ ८२ को बजेट प्रस्तुत गरेका छन् । बजेटमा उनले पूँजीबजारलाई सम्बोधन गर्दै भनेका छन्–‘पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्ड नेपालको संस्थागत सुदृढीकरण गरिनेछ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ् लिमिटेडको संरचनागत सुधार  गरिनेछ। वस्तु विनिमय बजारको सञ्चालन गर्न कानूनी र संस्थागत व्यवस्था मिलाइनेछ।  निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य  रूपमा धितोपत्र बजारमा सूचीकरण हुनुपर्ने व्यवस्था गरिनेछ।’

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.