काठमाण्डौ । पारामाउण्ट मोटर्सले नेपाली बजारमा उतारेको एमजी जेएस इभीमा निकै गम्भीर समस्याहरु रहेका फेला परेको छ । आयातकर्ता कम्पनीले यो इभी एसयूभीमा देखिएका त्यस्ता समस्याहरुको विषयमा ग्राहकलाई गुमराहमा राखेको पाइएको हो ।
यो इभी एसयूभीमा ब्रेक फेल हुने जोखिम रहेको भन्दै अन्तराष्टिय मिडियाहरुले रिपोर्टहरु नै प्रकाशित गरेका पाइएको छ । यसबाहेक अचानक ब्रेक फेल भई दुर्घटना हुने, दुर्घटना हुँदा समेत गाडीमा राखिएको एयरब्यागजस्ता सुरक्षा फिचर्सहरुले काम नगर्ने गम्भीर समस्या देखिएका छन् ।
बेलायतको द सनले यस विषयमा एउटा घटनासहित केही गम्भीर विवरणहरु प्रकाशित गरेको छ । द सनले सो समाचार प्रकाशित गरेपछि विभिन्न प्ल्याटफर्महरुमा एमजीको यो इभी एसयूभीमा गम्भीर खालका अन्य समस्याहरु पनि रहेका रहस्यहरु खुलेका हुन् ।
निकै प्रतिस्पर्धी मूल्यमा नेपाली बजारमा उतारेको भनिएको एमजीको यो इभीमा हालसम्म देखिएका समस्याहरु के के हुन् त ? हेरौं :
ब्रेक प्रणाली सम्बन्धी गम्भीर समस्या
-द सनका अनुसार बेलाबेला ब्रेक फेल हुने घटना सुनिएको छ, केही केसहरूमा अत्यन्तै खतरनाक परिणाम पनि देखा परेका छन्। एक उज्जवल उदाहरण हो जहाँ एक महिला आफ्नो MG ZS EV चलाइरहँदा ब्रेक अचानक नचल्दा गाडीले पार्किङ क्षेत्रमा ठक्कर खाएको अनि आघात हुँदा दुर्घटना भएको रिपोर्ट गरिएको छ। यस घटनामा एम्बुएआर र एयरब्याग पनि एक्टिभ भएको थिएन।
-युएईमा एक अध्ययनले देखाएको छ कि रिजेनरेटिभ ब्रेकिङको अत्यधिक प्रयोगका कारण नियमित ब्रेकहरू बढी प्रयोग हुँदैनन्, जसले गर्दा रियर डिस्कमा असामयिक घर्षण उत्पन्न हुन्छ, जसले सवारीको सुरक्षा क्षमता घटाउँछ । यो विश्लेषण कार वर्कसप डट एईले गरेको हो ।
चार्जिङ सम्बन्धी समस्या
-रेडिटमा उल्लेख अर्को एक विवरणअनुसार केही प्रयोगकर्ताहरूले घरमा वा सार्वजनिक चार्जरमा चार्जिङ प्रक्रियामा अस्थायी अवरोध अनुभव गरेका छन् । यो चार्जिंग थोरै समय चल्छ र अचानक रोकिदिन्छ, फेरि चार्ज गर्न अन्य उपाय प्रयोग गर्नु पर्छ।
-अन्य समस्याहरूमा छेउ छेउ इलेक्ट्रोनिक कम्पोनेन्टहरूमा पानी प्रवेश गरेर गाडी खराब हुने घटना समेत पर्दछ।
विद्युत र सफ्टवेयर प्रणालीमा गड़बड़ी
-HV ब्याट्री, BMS (ब्याट्री म्यानेजमेन्ट सिस्टम), वा सर्किटमा समस्याका कारण कार्यक्षमता घट्ने,System Failure" वा "Battery Capacity Decline" जस्ता सन्देश देखिने समस्या देखिएका छन्।
-यस्ता समस्याहरू अधिकांशले डीलरशिपमार्फत सफ्टवेयर अपडेट वा ब्याट्री साइकलिङ जस्ता समाधानद्वारा ठिक पारिएको रिपोर्ट गरिएको छ ।
फिट–एण्ड–फिनिश र निर्माण क्वालिटीमा चिन्ता
-कैयन प्रयोगकर्ताहरूले इन्फोटेनमेन्ट प्रणालीको कमजोर प्रदर्शन, यस्लाई "औसत" वा "सशक्त रूपमा आशा नगर्नुहोस्" भनी टिप्पणी गरेका पाइएको छ ।
-समुन्द्री क्षेत्रमा आधारित रिपोर्टहरूले छोटो अवधिमा पनि गाडीको चेसिसमा rusting देखिने समस्या उजागर गरेका छन्।
ध्वनि र भौतिक संरचना सम्बन्धी समस्याहरू
-केही परीक्षणकर्ताहरूले यो एसयूभीको क्याबिनमा तेज कम्पन सूनिने, र्याटल आवाज महसूस भएको बताएका छन् । खासगरी कम गतिमा अथवा खाल्डाखुल्डी सडकमा। नेपालजस्तो खाल्डाखुल्डी भएको सडकमा यो समस्या अझ विकराल बन्नेछ ।
-चार्जिङ पोर्टको प्लास्टिक फ्ल्याप सजिलै टुट्ने समस्या पनि गम्भीर देखिएको छ । यसको प्रतिस्थापन निकै महंगो रहेको छ ।
कमजोर ग्लोबल विश्वसनीयता
-What Car? को विश्वसनीयता सर्वेक्षण अनुसार, MG ZS EV ले इलेक्ट्रिक SUV वर्गमा निकै कमजोर स्थान(पाँचमा १ अंक) मात्र पाएको छ । यो गाडीका प्रयोगकर्ताले मुख्य गरी इलेक्ट्रिकल, एयर–कन्डीशन, ब्याट्री, ब्रेक, र गाडीको संरचनासम्बन्धी समस्या भोगेको गुनासो गरेका छन् ।
-समग्र एमजी ब्राण्डले नै कार बिक्रीको सुरुवाती वर्षमै धेरै गाडीधनीहरुबाट समस्याहरुको गुनासो प्राप्त गरेको र गाडीधनीमा सन्तुष्टि निकै कम रहेको देखाएको ह्वाट कारको रिपोर्टमा उल्लेख छ ।
-रेडिटमा प्रकाशित एक प्रयोगकर्ताको प्रतिक्रियामा भनिएको छः 'बजेटमैत्री भनेर मात्र यो कार किन्नु बेकार छ । किनेलगत्तै अनेकन समस्याहरु आइलाग्छन् । यो एसयूभीको गुणस्तर ठीक छैन र यो ब्राण्ड विश्वसनीय समेत बन्न सकिरेहेको छैन ।'
नेपालमा झनै ठूलो समस्या !
एमजी ब्राण्डका गाडी नेपाल भित्र्याउने पारामाउण्ट मोटर्सको यसअघिको ट्याक रेकर्ड ठीक छैन । यो कम्पनीले गाडी भिडाएपछि आफ्टर सेल्स सर्भिस चित्तबुझ्दो नदिने गरेको, एमजीकै पार्ट्सपूर्जा समेत साह्रै महंगोमा भिडाउने गरेको लगायतका थुप्रै समस्या विगतमा समेत निम्तिएका छन् । यी विषयहरुको सम्बोधनको ग्यारेण्टी आयातकर्ता पारामाउण्ट मोटर्सले गर्न आवश्यक छ । विगतमा अन्य ब्राण्डहरु उसले पाएको असफलता तथा ती ब्राण्डका ग्राहकले पाएका दुःखहरु फेरि नदोहोरिउन् भन्ने उद्देश्यले काम गरेमा मात्र एमजीका नयाँ इभी एसयूभीप्रति ग्राहकको विश्वास बढ्न देखिन्छ ।