भोटेकोशी बाढीपछि चक्रदेवी अस्पतालमै संकट : बिजुली छैन, पेट्रोल पनि सकियो
काठमाण्डौ । भोटेकोशी बाढीबाट घाइते भएकाको उपचारमा खटिएको नुवाकोटको विदुरस्थित चक्रदेवी अस्पताल आफैं संकटमा परेको छ। विद्युत् आपूर्ति बन्द छ, वैकल्पिक ऊर्जाका लागि प्रयोग भइरहेको पेट्रोल पनि सकिन थालेपछि अस्पतालको आपतकालीन सेवा सञ्चालनमै चुनौती थपिएको हो।बाढी प्रभावित क्षेत्रबाट करिब एक किलोमिटर दूरीमा रहेको १५ शय्याको चक्रदेवी अस्पतालमा उद्धार गरिएका...

