Capital Market

जेनजी आन्दोलनका कारण नेप्सेमा सूचिकृत दुई कम्पनी अनिश्चितकालका लागि बन्द

काठमाण्डौ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत केही कम्पनी अनिश्चितकालका लागि बन्द भएका छन् ।  जेनजी आन्दोलनका कारण नेप्सेको होटल तथा पर्यटन समूहमा सूचिकृत दुई कम्पनी तारागाउँ रिजेन्सी होटल(हायात होटल) र चन्द्रागिरी केवलकार अनिश्चितकालका लागि बन्द भएका हुन् ।