सरकारले पूँजीबजारबाट एकै महिनामा उठायो एक अर्ब बढी राजश्व, धेरै तिर्नेमा अल्पकालिन लगानीकर्ता
काठमाण्डौ । नेपाल सरकारले एक महिनामा एक अर्ब बढी राजश्व संकलन गरेको छ । सीडीएससीले दिएको तथ्याँक अनुसार जेठ महिनामा पूँजीबजारबाट सरकारले १ अर्व १७ करोड ७८ लाख रुपैंया राजश्व उठाएको हो । अघिल्लो महिना अर्थात वैशाखमा पनि सरकारले पूँजी बजारबाट १ अर्ब २३ करोड रुपैयाँबराबरको राजश्व उठाएको थियो । सरकारले पूँजी बजारबाट यस आर्थिक वर्षमा सबैभन्दा धेरै साउन महिनामा राजश्व संकलन...