मुख्यमन्त्री बन्नुअघि चन्द्रबाबू नायडु मालामाल, सेयर बजारबाट ५ दिनमै ७८५ करोड भारु आर्जन
काठमाण्डौ । हालै सम्पन्न भारतको लोकसभा निर्वाचनमा सत्तारुढ गठबन्धन एनडीएबाट निर्वाचन जितेका टीडीपी पार्टीका अध्यक्ष चन्दबाबू नायडुको परिवारको सम्पत्ति ५ दिनमै ७८५ करोड भारुले बढेको छ । निर्वाचनको मतपरिणाम आएपश्चात सेयर बजारमा आएको वृद्धिका कारण चन्दबाबू नयाडुका स्वामित्वको कम्पनीको सेयरमूल्य बढ्दा उनको सम्पत्तिमा उछाल आएको हो । आन्ध्र प्रदेशको मुख्य मन्त्रीका...