बजार अझै तयार छैन, १५% सर्किटले झट्का दिनसक्छ !
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सेयर बजारमा लागू हुन लागेको नयाँ सर्किट व्यवस्थाको नियमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले कम्पनीको सेयरमूल्यमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशतमा पुर्याइएको सर्किट सीमाले बजारमा अनावश्यक उतारचढाव निम्त्याउनसक्ने बताएका छन्।

