नेपाल बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष बनिन् चन्द्रकला पौडेल, पदभार ग्रहण
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको नवनियुक्त अध्यक्ष चन्द्रकला पौडेलले पदभार ग्रहण गरेकी छिन् । मंगलबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष उनले पद तथा गोपनियताको शपथ लिएपछि पदभार ग्रहण गरेकी हुन् ।योसँगै नेपाल बीमा प्राधिकरणले पहिलो महिला अध्यक्ष पाएको छ । माघ १३ गतेको मन्त्रिपरिषदको बैठकले पौडेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको थियो ।

