कालीगण्डकी कोरिडोर अन्तर्गत छुसाङ–घमी सडक कालोपत्रे गर्न ३ अर्ब १५ करोड स्रोत सुनिश्चित
काठमाण्डौं । गण्डकी प्रदेशको प्रमुख पूर्वाधार आयोजना कालीगण्डकी कोरिडोर अन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडकको छुसाङ–घमी खण्ड कालोपत्रेका लागि ३ अर्ब १५ करोड रुपैयाँ स्रोत सुनिश्चित भएको छ। यो ४०.२ किलोमिटर लामो खण्डले मुस्ताङको तल्लो र उपल्लो भागलाई जोड्ने महत्वपूर्ण भूमिका खेल्छ।

