छोटी भन्सार बन्द निर्णयविरुद्ध सिरहामा आन्दोलन, हुलाकी राजमार्ग प्रभावित
काठमाण्डौं । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयको विरोधमा स्थानीयवासी र व्यापारीहरूले आन्दोलन चर्काएका छन्।आन्दोलनका कारण हुलाकी राजमार्ग अवरुद्ध हुँदा पूर्व–पश्चिम यातायात सेवा प्रभावित भएको छ।

