चिलिमे हाईड्रोपावरको नाफा सामान्य बढ्यो, रिटेन्ड अर्निङ घट्यो
काठमाण्डौ । चिलिमे हाईड्रोपावर लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३९ करोडढ ८० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्ला आवको सोही अवधिको तुलनामा ३.९६ प्रतिशतले मात्रै बढी हो । अघिल्लो आवमा कम्पनीले ३८ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको छ । अघिल्लो आवमा विद्युत बिक्रीबाट ६४...

