चिलिमे जलविद्युतद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले आव २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।