चिरख्वा हाइड्रोपावरको लक इन अवधि समाप्त
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि समाप्त भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ४० हजार कित्ता सेयरको लक इन अवधि वैशाख १५ गते समाप्त भएको हो । कम्पनीले सार्वजनिक निष्कासन मार्फत निष्कासन गरिएको साधारण सेयर गत कात्तिक १६ गते बाँडफाँड गरेको थियो ।