नागरिक लगानी कोषको ‘सीआईटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा
काठमाण्डौ । नागरिक लगानी कोषले ‘सीआईटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो मोबाइल एप एनड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिने कोषले जनाएको छ । यो भन्दाअघि एन्ड्रोइडमा मात्रै यो सुविधा रहेको थियो । कोषले सहभागीहरूको सहजताको लागी नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको हो ।