कक्षा १२ को परीक्षा आजदेखि, ५.११ लाख परीक्षार्थी सहभागी हुँदै
काठमाण्डौ । आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजे हुनेछ।आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षामा कुल ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदैछन् । जसमा ५ हजार २०२ विद्यालयका नियमिततर्फ १ लाख ९८ हजार ८७५ छात्र र १ लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना रहेका छन् ।