आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न तथा विद्यालयलाई शान्तिक्षेत्रको रुपमा कायम गर्न सिपजको अपिल
काठमाण्डौ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान(सिपज) आज काठमाण्डौ तथा देशका विभिन्न स्थानमा भएको जेन–जी उमेर पुस्ताको आन्दोलनमा बालबालिकाको प्रयोग र बालबालिका घाइते भएको समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । ‘सरकारसँग विभिन्न माग राखेर आन्दोलनमा होमिएका...