साइबर जोखिमले बैंकिङ क्षेत्रमा हलचल: सात बैंकका वेबसाइटदेखि अनलाइन सेवासम्म बन्द, कैयन दशैंको रमझममै व्यस्त हुँदा समस्याप्रति बेखबर
काठमाण्डौ । वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा गम्भीर सुरक्षा कमजोरी देखिएपछि नेपालका बैंकहरूले धमाधम वेबसाइट तथा केही अनलाइन सेवा अस्थायी रूपमा बन्द गर्न थालेका छन्। दशैंको बिदाबीच सार्वजनिक भएका बैंकका सूचनाले डिजिटल पूर्वाधारको सुरक्षा र सेवा निरन्तरतामाथि चुनौती थपिएको देखाएका छन्।उपलब्ध सूचनाअनुसार ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक,...

