प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध सुनुवाइ समितिमा उजुरीको चाप, आइतवारसम्ममा ७ उजुरी दर्ता
काठमाण्डौं । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा विरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार ती उजुरीहरू शनिबार साँझसम्म विभिन्न व्यक्ति तथा सरोकारवाला निकायबाट प्राप्त भएका हुन्।

