राष्ट्रिय स्तरका विकास बैंकको नाफामा ११३ प्रतिशतको छलाङ, लुम्बिनी र मुक्तिनाथबीच कडा टक्कर
काठमाण्डौ । राष्ट्रियस्तरका आठ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यी बैंकको संयुक्त नाफा ११३.२३ प्रतिशतले बढेको हो।अघिल्लो वर्षको पहिलो त्रैमासमा आठ बैंकको संयुक्त नाफा ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ थियो। यसपटक नाफामा ८८ करोड ७१ लाख २७ हजार रुपैयाँ थपिएको छ।...

