मुलुकभर ५९% रोपाइँ, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा
काठमाण्डौ । देशभर हालसम्म ५९ प्रतिशत अर्थात् आठ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास निर्देशनालयका अनुसार देशभर ८ लाख १६ हजार ४०५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको हो । गत वर्ष यस भने यो अवधिसम्म ६७.७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष वर्षा समयमै सुरु भएर बिउ राखिए पनि रोप्ने बेलामा कम पानी परेकाले रोपाइँ भने कम भएको बाली...