३० लघुवित्तले बनाए सेयरधनीको हात रित्तो, किन दिन सकेनन् लाभांश ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्स (नेप्से)मा ५५ वटा लघुवित्त वित्तीय संस्थाहरु सूचीकृत छन् । नेप्सेमा सूचीकृत लघुवित्तमध्ये हालसम्म ४६ वटाले गत आर्थिक वर्ष २०७९÷८० को लागि लाभांश सम्बन्धी निर्णय गरेका छन् । सो मध्ये पनि १६ वटा संस्थाले मात्रै उक्त आवको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने बाँकी ३० वटाले सेयरधनीलाई कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेका छन् ।...