शुल्क समायोजन र सिट निर्धारणमा पारदर्शिता नभए एमबीबीएस र पीजीमा भर्ना नलिने निजी मेडिकल कलेजहरूको चेतावनी
काठमाण्डौ । शिक्षण शुल्क पुनरावलोकन र विद्यार्थी सिट निर्धारणको विषयलाई लिएर निजी मेडिकल तथा डेन्टल कलेजहरू आन्दोलित भएका छन्। उनीहरूले चिकित्सा शिक्षा ऐनअनुसार शुल्क समायोजन र सिट निर्धारण प्रक्रिया पारदर्शी नबनाइए एमबीबीएससहित स्नातक तथा स्नातकोत्तर तहमा नयाँ विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएका छन्।एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले...

