अत्याधुनिक फिचरले भरिएको फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
काठमाण्डौ । नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले भी७ई मोडलको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको हो।कम्पनीका अनुसार फराइजनको उक्त भ्यान नेपाली बजारमा उपलब्ध भ्यान सेग्मेन्टमध्ये सबैभन्दा धेरै फिचरयुक्त मोडल हो। जिली र सीएटीएलको सहकार्यमा विकसित २सी (तियानसिङ सिरिज) प्रविधिको ५०।२३...

