सुनको भाउमा धक्का, व्यापारमा झट्का : व्यवसायी भन्छन्– 'आत्तिनुपर्ने अवस्था छैन'
–सुजता थापा काठमाण्डौ। तिहारपछि सुनको मूल्यमा लगातार पहिरो गइरहेको छ। प्रतितोला सुनको मूल्य झन्डै ४२ हजार रुपैयाँले घटिसक्दा पनि बजारमा अपेक्षित किनमेल बढ्न सकेको छैन। बरु सुनचाँदी व्यवसायीहरू मूल्यमा आएको तीव्र उतारचढावका कारण दोहोरो मारमा परेका छन्।एकातिर महँगो मूल्यमा खरिद गरेर राखेको सुनको मूल्य घट्दा व्यवसायीलाई घाटाको जोखिम बढेको छ भने अर्कोतर्फ सुन अझै...

