ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान
काठमाण्डौ । नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका साथ निर्यात व्यवसायीहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल सोमबार ओमन भ्रमणमा गएको छ । पराराष्ट्र मन्त्रालय तथा ओमनस्थित नेपाली दूतावासको पहलमा आयोजना गरिएको यस भ्रमणले नेपाली वस्तुको बजारीकरण, व्यापार विस्तार तथा नेपाल–ओमनबीच प्रत्यक्ष व्यावसायिक साझेदारी (बिजनेस टु बिजनेस–बीटुबि) प्रवद्र्धन गर्ने...

